आइतबार खस्केको नेप्से उकालो लाग्यो, नबिल बैंक शीर्ष स्थानमा

नेपालभ्युज

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (सोमबार) भने ३२ अंकभन्दा बढीले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३२ दशमलव २२ अंकले उकालो लागेर दुई हजार ५४६ दशमलव ०८ मा पुगेको छ।

आइतबार नेप्सेमा उच्च अंकको गिरावट देखिएको थियो। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ७ दशमलव ६३ अंकले उकालो लागेर ४८० दशमलव ९७ मा पुगेको छ।

कूल २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर चार अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ मूल्यमा खरिद बिक्री भए। नेप्सेमा देखिएको वृद्धिलाई कारोबार रकमले भने पछ्याएको देखिएन।

कारोबार भएका १३ उपसमूहको शेयर नै उकालो लागेको छ। बैंकिङ १३, व्यापार ३ दशमलव ८८, होटेल तथा पर्यटन ४१ दशमलव ८, विकास बैंक १५७ दशमलव १३, जलविद्युत् ८२ दशमलव ५३, वित्त ५७ दशमलव ८७, निर्जीवन बीमा २६ दशमलव ०९, उत्पादन ६२ दशमलव २८, अन्य ३१ दशमलव ५२, लघुवित्त ६५ दशमलव ४१, जीवन बीमा १२३ दशमलव २, सामूहिक लगानी कोष ० दशमलव ०१ र लगानी ० दशमलव ६८ अंकले बढेको छ।

सोमबार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ। यस बैंकको १७ करोड १५ लाख ९३ हजार १२८ रुपैयाँ बराबर कारोबार भयो। यस्तै, नेशनल हाइड्रोपावर १५ करोड ३२ लाख १५ हजार ३८५, हिमालयन डिस्टिलरी १४ करोड ९७ लाख १२ हजार ४३५, महालक्ष्मी विकास बैंक १४ करोड ४५ लाख चार हजार ६२८ र नेपाल दूरसञ्चार कम्पनी १३ करोड ९२ लाख ६१ हजार १९३ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए।

नेप्सेका अनुसार आजको कारोबारमा मेरो माइक्रो फाइनान्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। यस्तै, एक्सेल डेभलपमेन्ट बैंक ९ दशमलव ५५, साहस ऊर्जा ८ दशमलव १७, माहुली सामुदायिक लघुवित्त ७ दशमलव ६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ७ दशमलव ३७ प्रतिशतले कमाए।

त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्त ६ दशमलव ८८, न्यादी हाइड्रोपावर ४ दशमलव ७१, युनिलिभर नेपाल २ दशमलव ६५, एनएमबी १ दशमलव ९६ र सबै लघुवित्तका लगानीकर्ताले १ दशमलव ८९ प्रतिशतले गुमाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved