एकदमै चिन्तित छौँ, नेपाली ध्वजावाहक जहाजलाई नाफामा पुर्‍याउँछु – मन्त्री आले

नेपाल भ्यूज

एकदमै चिन्तित छौँ, नेपाली ध्वजावाहक जहाजलाई नाफामा पुर्‍याउँछु – मन्त्री आले

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको दाबी गरे।

आफूले नेपाली ध्वजावाहक जहाजलाई नाफामा पुर्‍याउने चाहना राखेको उनले बताए। अहिले नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनै पनि हालतमा माथि उठाउनुपर्ने बताए।

“यो ध्वजाबहाक जहाज भनेको यो नेपाली जनताले राजस्व तिरेर, कर तिरेर बनेको यो निगम हो। यसलाई कुनै पनि हालतमा माथि उठाउनै पर्छ। यो मन्त्रालयले हरेक खर्चमा पनि मितव्ययिता अपनाएको छ। हामी चाहन्छौँ कमभन्दा कम खर्चमा नेपाल ध्वजावाहक जहाज नाफा होस्। फाइदा होस्। अहिले पनि हामीलाई ५० अरबभन्दा बढी ऋण छ। हामी एकदमै चिन्तित छौँ। ९ प्रतिशत हामीले ब्याज तिरिराख्नु परेको छ। किस्ता हाम्रो ड्यु छ। ब्याज हामीले तिर्न सकेका छैनौँ। विभिन्न समस्या समाधान गर्नका लागि म यहाँ आएको छु,” मन्त्री आलेले भने।

राम्रो काम गर्दा कतिपय मान्छेहरूले आफ्नो व्यक्तिगत इन्ट्रेष्ट पूरा नहुँदा उनीहरूले विभिन्न मिडियामा लेखाउने कामहरू गरिराखेका पनि उनले आरोप लगाए।

मन्त्री आलेले खतराजन्य पद्धार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको उल्लेख गरे। खतराजन्य पद्धार्थ आयात निर्यातमा अब व्यवसायीहरूलाई झन्झट नहुने र नाफा हुने उनले बताए।

“यहाँको स्थानीय लेभलमा यहाँका व्यवसायीहरूलाई पनि हरेक ठाउँमा झन्झट हुन्थ्यो। सामान ल्याउँदा खेरी कम्तीमा अब डाइरेक्ट आउन सक्नेभयो। त्यो पनि एउटा उपलब्धि हो। अर्को कुरा जुन सामानहरू हामी बाहिरबाट क्यारी गर्छौ त्यो भन्दा दुई गुणा, तीन गुणा बढी हामीले पाउने भयो। जुन जुन फ्लाइटमा यात्रु नभएको अवस्थामा पनि डेन्जरस् गुड क्यारी गरेर हामी यहाँ ल्याउँछौँ यसले नाफा दिन्छ। एकदमै सह्रानीय कुरा हो यो,” आलेले भने।

मन्त्री आलेले आफू मन्त्रालयमातहत सबै निकायको कमी, कमजोरी, विकृति र विसंगति सुधार्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved