‘संकटमा परेको अटोमोबाइल व्यावसाय पुनरुत्थान गर्छु’ (भिडिओ अन्तर्वार्ता)

यो क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने मामिलामा सबैलाई मिलाएर लैजान म सक्षम छु। मैले मेरो टिममा भएका सबैलाई समेटेर सँगै अगाडि लैजानुपर्छ भन्ने कुरामा सचेत पनि छु। जसका कारण म सबै कुरामा पूर्ण हुनेछु भन्ने ठानेको छु।

‘संकटमा परेको अटोमोबाइल व्यावसाय पुनरुत्थान गर्छु’ (भिडिओ अन्तर्वार्ता)

सिजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसिएशनको आगामी अध्यक्षका लागि उम्मेदवारी मनोनयन गराएका छन्। नाडाको वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका उनी उमेरले कार्यसमितिकै हालसम्मकै कान्छा हुन्।

युवा नेतृत्वले हरेक क्षेत्र सबल र सक्षम बन्ने विश्वास लिने उनले कोरोना महामारी र लकडाउनका कारण संकटमा परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानको एजेन्डा सारेका छन्।

युवा व्यवसायी रहेका उनी यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको बताउँछन्। नेपालमा सर्वाधिक विक्री हुने ब्रान्ड सुजुकीको बिक्रीका लागि नेपालको आधिकारिक बिक्रेता चौधरीलाई टाटा, यामाहा, हिरो, होण्डा, महिन्द्रा, जीप, स्कोडा, पेउगोटलगायत ब्राण्डका आधिकारिक विक्रेताहरूको समर्थन छ।

नाडा अटो मोबाइल्स एशोसिएशनको आगामी कार्यकालका लागि चौधरीले अध्यक्ष पदमा प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन्। हालका कार्यसमितिका ८० प्रतिशतभन्दा बढी सदस्यहरूको साथ रहेको दाबी गर्ने उनै चौधरीसँग श्यामसुन्दर पुडासैनीको निर्वाचनलक्षित  कुराकानी।

नाडा अटोमोबाइल्स एशोसियसनको नयाँ नेतृत्व चयनको मिति नजिकिँदै छ। चुनावी माहोल कस्तो छ?

मेरो चाहना भनेको अझै पनि सहमतिमा जाऔँ नै भन्ने हो। मनोनयन भने दर्ता भइसक्यो। तर, पनि अध्यक्षका अर्को प्रत्यासी ध्रुव थापासँग मैले सहमतिको प्रयास गरिरहेको छु। म चुनावको दिनसम्म सहमतिको प्रयास जारी राख्नेछु। किनकि अटो क्षेत्रको विकास र विस्तारका लागि सबैको सहमति समझदारी भएमा सहज हुनेछ।

धेरैले भन्छन् अटो मोबाइल्स व्यवसाय र फिल्मी दुनियाँ उस्तै हो। बाहिरबाट हेर्दा भव्य शो रुम, आकर्षक चिल्ला कार अनि ग्ल्यामर, सुरक्षित अनि आरामदायी कार प्रदर्शन। तर, वास्तविकता अर्कै। कोरोना महामारीले त झन् गुमाइ बढी छ। यो धरातलमा रहँदा के-के छन् तपाईंसँग नाडा हाँक्ने एजेन्डा?

यहाँले भनेजस्तै योचाहिँ यो एक पार्ट मात्र हो। अटो भनेको गाडी, दुई पाङ्ग्रे, चार पाङ्ग्रे, हेभी इक्युमेन्टलगायत छन्। साथै पाट, टायर, लुब्रिकेन्ट र ब्याट्री पनि छ। यसका धेरै पाटाहरू छन्। आज यो सबै चिज हेर्दा धेरै महत्त्वपूर्ण  सबै कुरा हेर्नुपर्छ। आज गाडी भएर मात्रै भएर सबै पार्टसहरू चाहिन्छ। सबै चिजको संस्था भनेको नाडा नै हो। दुःखको कुरा सरकारले अटो क्षेत्रलाई अनुत्पादक क्षेत्रको रुपमा व्याख्या गरेको छ। यसलाई कसरी उत्पादनशील रुपमा लैजाने भन्ने चुनौती छ। नाडाको आजको दिनमा मुख्य फोकस भनेको अटो क्षेत्रलाई कसरी उत्पादनसँग जोड्ने उत्पादनमुखी बनाउने भन्ने हो। यो क्षेत्र अनुत्पादक भएको भए सन्दर्भ मूल्यसूची ल्याउन केको जरुरी? सन्दर्भ मूल्यसूचीले अटो व्यावसायीलाई जुन तरिकाको मार ल्याएको छ। यो विषयमा बोल्ने कसले ? आउने नेतृत्वले यो विषयलाई समाधान गर्नुपर्ने छ।

आज गाडी भएर मात्रै भएर सबै पार्टसहरू चाहिन्छ। सबै चिजको संस्था भनेको नाडा नै हो। दुःखको कुरा सरकारले अटो क्षेत्रलाई अनुत्पादक क्षेत्रको रुपमा व्याख्या गरेको छ। यसलाई कसरी उत्पादनशील रुपमा लैजाने भन्ने चुनौती छ। 

यहाँ १६ वर्षदेखिको अटो व्यवसायमा काम गरिरहनुभएको छ। अहिलेसम्म हासिल गरेको व्यावसायिक अनुभवले सवारी आयातकर्ता हुन् वा स्पेयर पार्टस् सबैको हक हितका लागि बिनापूर्वाग्रह काम गर्न सक्नुहुन्छ?

यसमा कसैलाई भेदभाव गर्नुपर्ने आवश्यकता नै छैन। नेपाल सानो छ। हामी व्यवसाय गर्नेहरू थोरै छौँ। आज यी सबै क्षेत्रसँग मिलेर नै अघि जाने हो। झण्डै ३२ सय सदस्य छन्। नाडाको नेतृत्व चयन गर्ने उहाँहरू नै हो। नेतृत्वले काम गर्ने उहाँहरूकै पक्षमा हो।

यो क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने मामिलामा सबैलाई मिलाएर लैजान म सक्षम छु। मैले मेरो टिममा भएका सबैलाई समेटेर सँगै अगाडि लैजानुपर्छ भन्ने कुरामा सचेत पनि छु। जसका कारण म सबै कुरामा पूर्ण हुनेछु भन्ने ठानेको छु। मैले मेरो टिममार्फत नाडामा केही गरेर देखाउनु नै प्रमुख उद्देश्य हुनेछ। अटोमोबाइल क्षेत्रका साथीहरूको मुद्दा सम्बोधन गर्न सक्ने र यो क्षेत्र बुझेको नाताले सबैजसो साथीहरूको साथ र सहयोग नै मेरो सबल पक्ष हो।

अहिले नाडा संघीय संरचनामा गएको छ। सदस्य सङ्ख्यामा पनि थपिएका छन्। यसले गर्दा यो चुनाव अलि बढी जटिल भएको हो?

आज मुलुकमा संघीय संरचना छ। देशका हरेक संरचना संघीयतामा गएको छ। यसले गर्दा हाम्रो संस्थापनि संघीयतामा जानुपर्ने थियो। र भयो पनि यो सफलता हो। अब नयाँ नेतृत्वलाई अझ ठूलो भार के छ भने यो संघीय संरचनालाई कार्यान्वयन गराउनुपर्ने छ। कार्यविधि बनाएर कसरी अघि बढ्ने भन्ने धेरै गर्नुपर्ने छ। सदस्यहरू थपिनु संस्था अझै बलियो भएको हो। संघीय संरचनामा जाँदा नाडाको पहुँच अझै बलियो भएको छ भने विभिन्न भूभागमा रहेको व्यवसायीहरूले अझै लाभ पाउने अवस्था सिर्जना हुनेछ।

नाडाको सबै प्रदेश संगठन बलियो बनाउन के गर्नुहुन्छ ?

सबैभन्दा पहिला कार्यविधि बनाउनुपर्छ। केन्द्रले के गर्ने प्रदेशले के गर्ने सबै कार्यादेश बनाउनुपर्छ। सबै व्यवसायीहरूको राय लिई व्यवसायकेन्द्रित नीति निर्माण गर्न संयन्त्र निर्माण गर्नुपर्छ। सबैको सल्लाह सुझाव लिने वातावरण बने संस्था नीतिगत तहमा बलियो हुने छ। कोभिडबाट अटोमोबाइल व्यवसायीहरूलाई पूर्ण सुरक्षित राख्दै व्यावसायिक सुरक्षाका लागि समेत सरोकारवालाहरूसँग संस्थागत रुपमा पहल गर्नुपर्छ।

नाडाको चुनाव नजिकिँदै गर्दा बजारमा यो पनि चर्चा छ की नाडाको नेतृत्वमा ठूला व्यावसायिक घरानाको सिन्डिकेट छ। तपाईँ पनि ठूला व्यावसायिक घरानाबाटै नेतृत्वको आकांक्षी हुनुहुन्छ। के नाडामा साना स्पेयर पार्टसवालाहरू नेतृत्वमा जानै नसक्ने अवस्था आएको हो?

यो प्रश्न गर्नेहरूलाई मसँग कुनै समाधानको उपाय छैन। किनकि म कुनै ठूलो व्यापारिक घरानामा जन्मनु मेरो दोष होइन। तर, म यत्ति गर्नु सक्छु कि म युवा हुँ। युवाले चाहेमा जे पनि हुन सक्छ। यसैले यो क्षेत्रमा लागेका सबैको हितका लागि धेरै गर्न सक्छु। म एक युवा भए पनि परिपक्व छु। योभन्दा अघि दुई कार्यकाल नाडामै बिताएँ। अब नेतृत्व पनि युवाकै चाहियो नि। मेरो टिममा म एक्लै त होइन नि। मेरो टिममा हेर्नुहोस्, साना साना व्यापारीसमेत छन्।

आयातकर्तादेखि स्पेयेर पार्टस्, टायर सबै क्षेत्र, ब्याट्रीका प्रतिनिधिहरू मेरो टिममा छन्। नाडा सम्पूर्ण अटोमोबाइल व्यवसायीको प्रतिनिधित्व भएको संस्था हो र यो प्रजातान्त्रिक विधिमा अगाडि बढिरहेको संस्था पनि हो। संस्था सबल, सक्षम भएमा सबैले नेतृत्वका लागि अगाडि बढ्न सक्नेछन्।

 म  ठूलो व्यापारिक घरानामा जन्मनु मेरो दोष होइन। तर, म यत्ति गर्नु सक्छु कि म युवा हुँ। युवाले चाहेमा जे पनि हुन सक्छ। यसैले यो क्षेत्रमा लागेका सबैको हितको लागि धेरै गर्न सक्छु। 

नाडामा ठूलासाना सबै व्यवसायी छन्। तर, ठूला व्यवसायीले सानालाई महत्त्व दिएनन्, अवसर दिएनन् भन्ने गुनासो पनि सुनिन्छ नि ?

यस्ता समस्या देखेको छैन। रहेपछि यस्तो मतभेद हुन दिनु हुँदैन। मेरो प्यानलमा सबै साना ठूला व्यवसायी छन्। मैले अहिलेदेखि नै व्यवसायीलाई भेटेर उनीहरूको कुरा सुन्न थालिसकेको छु। योभन्दा अघि पनि मैले उहाँहरूको कुरा सुनेकाले उपाध्यक्ष बनाउनुभयो। अब फेरि अध्यक्षमा उम्मेदवार छु। उहाँहरूले दिएको सुझाव र समस्या समाधानका लागि सुझाएअनुसार सहयोग गर्छु।

यहाँले उपाध्यक्ष र सदस्यमा दुई कार्यकाल नाडामा बिताउनुभयो। अहिलेसम्मको अनुभवमा यो क्षेत्रमा के चुनौती छन्। राज्यले के गर्नुपर्छ? नेतृत्वमा गएपछि के गर्नुहुन्छ?

सबैभन्दा पहिला त हाम्रो सोच परिवर्तन गर्नुपर्छ।। यहाँले नै शुरुमै भन्नुभयो। चिल्ला गाडी ठूला स्वरुम कुराको चर्चा गर्नुभयो। तर, अटो क्षेत्र भनेको विलासिताको विषय होइन, आधारभूत विषय हो। यो क्षेत्रमा धेरै कुराहरू पर्छन्। तर अहिले विद्युतीय सवारी साधन अहिलेको आवश्यकताकै रुपमा देखिएको छ। यसमा नीतिगत तहका कुरा पनि हुन्। यसबारे गर्नुपर्ने धेरै कुराहरू सरकारलाई सुझाव दिनुपर्ने छ।

विद्युतीय सवारी साधनहरू नाडाआबद्ध आयातकर्ताहरूबाट बिक्री गर्न शुरु भइसकेको छ। यसलाई चरणबद्ध रुपमा नीतिगत तहमै पुनरवलोकन गर्ने, प्रयोग भइसकेको ब्याट्रीहरूको व्यवस्थापन गर्ने, सहज चार्ज गर्ने व्यवस्था मिलाउने सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने छ। कार्यान्वयन गराउनुपर्ने अर्को चुनौती छ। र अर्को कुरा इन्धन गाडीहरूपनि सरकारले विलासीताको सूचीमा राखेको छ।

चर्को कर असुलिरहेको छ। मोटर गाडी आम सर्वसाधारणको पहुँचमा पुर्‍याउन लबिङ गर्नुपर्नेछ।

सरकारले जहिले यो चिजलाई आधारभूत सेवाको बस्तु ठान्दछ र जहिले यसलाई उत्पदानसँग जोड्दछ तब यो सबैको पहुँचमा पुग्न सम्भव छ।

आधारभूत आवश्यकता भइसक्यो मोटर गाडी। तर, पनि आम सर्वसाधारणको पहुँचमा किन गाडी छैन ? किन यति धेरै महँगो? यसमा पुनर्विचार गर्न सकिँदैन?

हो, यसको लागि सोच परिवर्तन गर्नुपर्छ। सरकारले जहिले यो चिजलाई आधारभूत सेवाको बस्तु ठान्दछ र जहिले यसलाई उत्पादनसँग जोड्दछ भने यो सबैको पहुँचमा पुग्न सम्भव छ। सरकारलाई राज्य सञ्चालनका लागि कर राजश्व आवश्यक छ। तर सरकारले एउटै गाडीबाट धेरै कर लिँदै आएको छ। सरकारले यो सोचेन कि राजश्व थोरै भएपछि धेरै परिमाणमा बिक्री हुन्छ। जसले गर्दा धेरै राजश्व आउनेछ। एकै जनाबाट धेरै कर लिने कि धेरैभन्दा धेरै गाडी बेचेर धेरै कर लिने भन्ने सोच्ने? अटोमोबाइल क्षेत्र नै धेरै कर बुझाउने क्षेत्र हो। तर सरकारले यो क्षेत्रको उत्थानका लागि जति गर्नुपर्ने गर्न सकेको छैन।

यहाँले पनि अघि भन्नुभयो, विद्युतीय सवारी आयात र प्रवर्द्धनमा जोड दिनुपर्छ। तर, किन अस्थिरता आयो? किन धेरै प्रवर्द्धन भएन ?

विश्वका उदाहरण हेर्ने हो भने सबैभन्दा बढी विद्युतीय गाडी नर्वेमा बिक्री हुन्छ। त्यहाँ ३८ प्रतिशत मात्रै बिक्री भइरहेको छ। त्यहाँ विद्युतीय गाडी चढ्नेलाई सरकारले उल्टै पैसा दिन्छ। विद्युत् चार्ज निःशुल्क छ। त्यो सुविधा भएको देशमा त ३८ प्रतिशत बिक्री छ भने हाम्रोमा के हालत होला ? त्यो तुलनामा हामी कहाँ धेरै बिक्री भएको छ। ६ प्रतिशतमा विद्युतीय सवारी साधन आयात भइरहेको छ। हामी विश्वका टपटेनमा छिरिसक्यौँ। यसलाई अझ प्रोत्साहन गर्न सडक पूर्वाधारलगायत विकासको जरुरी छ।

यहाँले भन्नुभयो अन्तिमसम्म सहमतिको प्रयास गर्नेछु भनेर। तर चुनाव प्रतिस्पर्धी हुने देखिन्छ। तपाईंको सबल पक्ष र जित्ने आधार केलाई मान्नु भएको छ?

अझै पनि म अन्तिम समयसम्म सर्वसहमतिमा कसरी जान सकिन्छ भनेर लागिपरेको छु। मैले पनि नाडाको आगामी निवार्चनमा अटो मोबाइल एशोसिएशन अफ नेपालको अध्यक्ष पदमा उम्मेदवारी मनोनयन गराइसकें। यदि सर्वसम्मत भइनँ भने पनि निर्वाचित हुनेमा ढुक्क छु। यसरी चुनावै भयो भने धेरैजसो मतदाताले स्वयं मत खसाल्ने प्रक्रियामा भाग लिन पाउनुहुनेछ र सही नेतृत्व चयन गर्नुहुनेछ भन्नेमा विश्वस्त छु।

नाडा सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूको प्रतिनिधित्व भएको साझा संस्था हो। म नेतृत्वमा गएपछि उहाँहरूको आत्मसम्मानलाई म प्रमुख महत्त्व दिन्छु। अटोमाबाइल क्षेत्रमा सहज वातावरण व्यावसायिक सहजता बनाई अझै प्रगतिशील बनाउने प्रयास गर्नुको साथै उच्च आय आर्जन सुनिश्चित गर्ने वातावरण बनाउने छु। यसका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा रहेका सबै सरकारहरूसँग समन्वय गर्नेछु।

विशेष गरी अटोमोबाइल व्यवसायमा संलग्नहरू चाहे सवारी आयातकर्ता हुन् वा स्पेयर पार्टस्। सबैको हक हितका लागि बिनापूर्वाग्रह काम गर्न सक्छु भन्ने मेरो विश्वास छ। यी सबै कुरालाई सम्बोधन गर्दै संस्थाले कायम गरेको उचाइमा एउटै भए पनि इँटा थप्न पहल पक्कै गर्ने छु।

भिडियो अन्तर्वार्ता


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved