‘चितवनमा एमालेले सात लाख मान्छे उतारेको प्रमाण सुरक्षा निकायसँग छ’

भट्टराईले भने, “चितवनमा एमालेले गरेको भव्य महाधिवेशनबाट अत्तालिएकै कारण कांग्रेस र माओवादीले आफ्नो महाधिवेशनमा जनप्रदर्शन नगर्ने निर्णय गरे।”

नेपालभ्युज

‘चितवनमा एमालेले सात लाख मान्छे उतारेको प्रमाण सुरक्षा निकायसँग छ’
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले दशौँ महाधिवेशनका क्रममा एमालेले चितवनमा सात लाख मान्छे उतारेको बताएका छन्। चितवनमा प्रेस चौतारीले गरेका पत्रकार सम्मेलनमा भट्टराईले यस्तो बताएका हुन्।

दशौँ महाधिवेशनमा सात लाखभन्दा धेरै मानिस सहभागी भएको प्रमाण सुरक्षा निकायले नै दिएको भन्दै भट्टराईले जनताको साथ एमालेलाई रहेको बताए। उनले भने, “यस्तो ठूलो सहभागिता जुटाउन नेपाली काँग्रेस र माओवादीले सक्दैनन्।”

भट्टराईले एमालेसँग सामना गर्न सक्ने अन्य पार्टी नै नभएको बताए। उनले दशौँ महाधिवेशनमा देखिएको जनसहभागिता तोड्ने एमाले आफैले मात्रै सक्ने भन्दै अन्य पार्टीले नसक्ने दाबी गरे।

अहिले एमालेमा देखिएको जनाधारले नेपाली कांग्रेस र माओवादी केन्द्र अत्तालिएको भट्टराईले बताए। गठबन्धन बनाएर आफूलाई ठूला भन्ने दुई पार्टी चितवनमा एमालेको जनलहर देखेपछि अत्तालिएका उनले बताए।

भट्टराईले भने, “चितवनमा एमालेले गरेको भव्य महाधिवेशनबाट अत्तालिएकै कारण कांग्रेस र माओवादीले आफ्नो महाधिवेशनमा जनप्रदर्शन नगर्ने निर्णय गरे।”

स्थापनादेखि नै नेपालमा कम्युनिस्टको लिगेसी एमालेसँग रहेको भन्दै भट्टराईले अब देशमा एमालेसँग कांग्रेसको मात्रै प्रतिस्पर्धा हुने बताए। जनताको भरोसा एमालेमा रहेकाले आगामी निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने पनि उनले दाबी गरे।

“माओवादीको केही हिस्सा एमालेमै छ। पुष्पलाल, मदन भण्डारी, मनमोहनको लिगेसी पनि एमालेसँगै छ”, भट्टराईले भने, अब नेपालमा एमालेको नेतृत्वमा कम्युनिस्ट पार्टी रहन्छ । अन्य कम्युनिस्टको प्रभाव हुँदैन ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved