बुटवल। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन मगर निर्वाचित भएका छन्। पुन संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन्।
शनिबार सम्पन्न निर्वाचनमा १६ सय ३१ मत खसेकोमा पुनको ८५२ मत खसेकोमा शाहले ७६७ मत पाएका थिए भने १२ मत बदर भएको थियो।
पुन पूर्व राज्यमन्त्री, संविधान सदस्य एवं नेपाली कांग्रेस रोल्पाका पूर्व सभापति हुन् ।
निर्वाचनमा दुई सभापतिमध्ये संस्थापन समूहबाट राजु खनाल विजयी भएकोमा बाँकी सबै इतर प्यानलकै उम्मेदवार निर्वाचित भएका छन्।
यसैगरी सभापतिमा खनालसहित भुवन श्रेष्ठ विजयी भएका छन् भने महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज अचार्य, महिला सहमहामन्त्रीमा निमा गिरी, खुला सहमहामन्त्रीमा विष्णु खनाल र खगराज पाण्डे विजयी भएका छन्।
Facebook Comment
Comment