आर्मीले ब्रिगेडलाई हरायो, लिगमा पहिलो जित

नेपालभ्युज

आर्मीले ब्रिगेडलाई हरायो, लिगमा पहिलो जित

काठमाडौँ।  शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विभागीय त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ। दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीले ब्रिगेडलाई एक–शून्य गोल अन्तरले हरायो।

आर्मीका लागि भरत खवासले ८५ औँ मिनेटमा गोल गरे । सन्तोष तामाङले मिलाइदिएको पासलाई भरतले गोलमा परिणत गरेका हुन्।

प्रतियोगितामा आर्मीको यो पहिलो जित हो। यसअघि आर्मीले पहिलो खेलमा पुलिस क्लबसँग एक–एक गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा आर्मीले मच्छिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो।

जितसँगै आर्मी तीन खेलमा पाँच अङ्कसहित चौथो स्थानमा पुगेको छ । चार अङ्क रहेको ब्रिगेड सातौँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved