प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा

नेपालभ्युज

प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा

चितवन। चितवनमा जारी प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलनले अध्यक्षमा विष्णु सापकोटालाई सर्वसम्मत चयन गरेको छ। ९०० हाराहारी प्रतिनिधि सहभागी सम्मेलनले १ सय ८१ सदस्यीय केन्द्रीय सदस्य पनि अनुमोदन गरेको छ।

केन्द्रीय सदस्य सङ्ख्या १ सय ९९ सदस्य रहे पनि बाँकी भने पछि मनोनीत गरिनेछ। नयाँ नेतृत्व तीन वर्षको लागि हो।

अध्यक्षबाहेक पदाधिकारीहरूमा भने सहमति नभएपछि निर्वाचन हुने देखिएको छ। राष्ट्रिय सम्मेलनको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved