ट्रम्पको सामाजिक सञ्जालमा आयो १ अर्ब डलर लगानी

नेपालभ्युज

ट्रम्पको सामाजिक सञ्जालमा आयो १ अर्ब डलर लगानी

एजेन्सी।  अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल परियोजनाले लगानीकर्ताहरुबाट १ अर्ब अमेरिकी डलर उठेको जनाएको छ। ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपले अर्को वर्ष ‘ट्रुथ सोशल’ नामक सामाजिक सञ्जाल एप ल्याउने तयारी गरिरहेको छ। ट्वीटर र फेसबुकले लगाएको प्रतिबन्ध कायम रहेपछि ट्रम्पले यस्तो कदम चालेका हुन्।

गत जनवरीमा अमेरिकी संसद् भवनमा भएको आक्रमणपछि ट्रम्पमाथि फेसबुक र ट्वीटरमा प्रतिबन्ध लागेको थियो। ‘सेन्सरसिप लगाउने ठूलो टेक कम्पनीहरुलाई १ अर्ब अमेरिकी डलरले गतिलो जवाफ दिएको छ र राजनीतिक विभेद अन्त्य हुनैपर्छ,’ ट्रम्पले भने,‘हाम्रो लगानी बिस्तार हुँदैछ र ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप ठूला टेक कम्पनीको दमनविरुद्ध लड्नका लागि बलियो अवस्थामा हुनेछ।’

यसै वर्षको सुरुवातमा ट्रम्पले ‘ट्रुथ सोशल’ लन्च गर्ने योजना सार्वजनिक गरेका थिए। उनले आफ्नो प्लेटफर्मले राजनीतिक दर्शनका आधारमा कुनै विभेद नगरी संवाद गर्न दिने पनि बताएका थिए।

यस परियोजनाका लागि ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपले डिजिटल वल्र्ड एक्विजिसनसँग सहकार्य गरेको छ। विभिन्न लगानीकर्ताहरुको समूहबाट १ अर्ब लगानी उठाएको यस समूहले जनाएको छ।

यद्यपी, लगानीकर्ताहरुको नाम खुलाइएको छैन। रिपोर्टअनुसार यो सामाजिक सञ्जाल परियोजनाको भ्यालु अहिले झन्डै ४ अर्ब डलर पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved