काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकलाई काम नलाग्ने पुराना सम्पत्ति तथा फुटकर फर्निचर सामानको लिलाम गर्ने भएको छ। आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग केन्द्रीय कार्यालय परिसरमा रहेका पुराना सामान बेच्न लागेको शिलबन्दी बोलपत्र आह्वान गरेको हो।
लिलाम सामाग्री किन्नका लागि व्यक्ति, फर्म तथा कम्पनीले ५ पुससम्म बोलपत्र फारम खरीद गर्न सक्ने बैंकले जानकारी दिएको छ।
सामान खरीदका लागि बोलपत्र फारम भरी आवेदन दिन सकिनेछ। कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, टिभी, प्रोजेक्टर, एसी लगायतका अफिस इक्वीपमेन्ट, टेबल, सोफासेट, र्याक, कुर्सी, टेबल लगायत फर्निचर, तामाको तार आदि लिलामी गर्न लागिएकोमा सामानको न्यूनतम मूल्य करसहित ५ लाख ६३ हजार रहेको छ।
बोलपत्र फारमको मूल्य फिर्ता नहुने गरी ७ सय रुपैयाँ तोकिएको छ।
Facebook Comment
Comment