कांग्रेसको १४ औँ महाधिवेशन

प्रदेश १ को मतगणना आज दिउँसोबाट हुने

प्रदेश १ को मतगणना आज दिउँसोबाट हुने

मोरङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा हिजो (शनिबार) सम्पन्न भएको प्रदेश नं १ को निर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट शुरु हुने जनाइएको छ।

बिहान ८ बजेदेखि भनिएको मतदान अपराह्न २ः१५ देखि शुरु भई राति ८ बजेसम्म विराट नर्सिङ होम अस्पताल पूर्वतर्फको खाली चौरमा बनाइएको मतदान केन्द्रमा मतदाताले मतदान गरेका थिए। मतदान केन्द्रमा प्रदेशका सबै जिल्लाको छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको र कुनै पनि अप्रिय घटना नभएको बताइएको छ।

कूल एक हजार ७७० मतदातामा एक हजार ७५२ मत खसेको थियो। प्राविधिक कारणले मतगणना शुरु हुन ढिलो भएको नेपाली कांग्रेस जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए। हिजोको मतदान निकै उत्साहपूर्वक र शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको बताइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved