कमल थापा पक्षीय नेताको आकस्मिक बैठक

काठमाडौँ दरबारमार्ग स्थित एक होटेलमा थापा पक्षीय नेताहरूको बैठक बसेको हो।

नेपालभ्युज

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज बिहान सम्पन्न महाधिवेशनमा अध्यक्ष पदमा पराजित कमल थापा पक्षको आकस्मिक बैठक बसेको छ। काठमाडौँ दरबारमार्ग स्थित एक होटेलमा थापा पक्षीय नेताहरूको बैठक बसेको हो।

महाधिवेशनमा प्रतिस्पर्धी राजेन्द्र लिङदेनसँग २ सय मतले पराजित थापाले आफू पक्षीय नेताको बैठक बोलाएका हुन्। अध्यक्ष निर्वाचित लिङदेनले १८१७ मत ल्याउँदा थापाले १६१७ मत ल्याएका थिए।

थापा अध्यक्ष पदमा पराजित हुँदै गर्दा पार्टीको अन्य पदाधिकारीमा भने उनी पक्षीय नेताको बाहुल्यता रहेको छ। उपाध्यक्षदेखि महामन्त्रीसम्म थापा पक्षीय नेताहरु विजयी भएका छन्।

यस्तो अवस्थामा आफ्नो पार्टीको भावी रणनीति तय गर्नभन्दै थापा पक्ष आकस्मिक बैठकमा बसेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved