खोप नलगाएकालाई भारत प्रवेशमा रोक, आउने पनि सात दिन क्वारेन्टाइन बस्नैपर्ने

खोप नलगाएकालाई भारत प्रवेशमा रोक, आउने पनि सात दिन क्वारेन्टाइन बस्नैपर्ने

बैतडी। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न शुरुआत गरेको छ।

बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिए।

“भारतको पिथौरागढ जिल्लाले लिखित रूपमा पत्र पठाएर दुईवटै मात्रा खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनेको छ।” देहरादुनमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतले सीमानाकामा कडाइ गरेको बताइएको छ। उनले भने, “कोरोनाको दुवै मात्रा खोप लगाएको १५ दिनपछि मात्रै भारत प्रवेश गर्न दिने भनेको छ।”

भारत जाने नेपाली नागरिकले अनिवार्य रूपमा १५ दिन अगाडि खोपको दुवै मात्रा लगाएको प्रमाण बोकेर जान प्रशासनले अनुरोध गरेको छ। खोप कार्ड नभएका नेपाली नागरिक भारत पस्न रोक लगाइएको छ।

साथै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकले अनिवार्य रूपमा सात दिन क्वारेन्टाइन बस्नुपर्ने सूचना अधिकारी भारतीले जानकारी दिए। झुलाघाट नाकामा एन्टिजेन परीक्षण जारी रहेको भए पनि सात दिनसम्म यसको लक्षण देखा पर्नसक्ने भएकाले स्वदेश फर्किने नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्न आग्रह गरिएको हो।

सीमानाकामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पनि भनिएको छ। जिल्लामा हाल दुई जना मात्रै कोरोनाका सक्रिय संक्रमित छन् भने संक्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved