पराजयपछि कमल थापा : निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना गर्छु

नेपालभ्युज

पराजयपछि कमल थापा : निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना गर्छु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा पराजित भएपछि कमल थापाले आफ्नो पराजयमा निर्मल निवासले हस्तक्षेप गरेको लेखेका छन्।

राप्रपा अध्यक्षका लागि भएको मतगणना सकिएपछि फेसबुकमा स्टाटस लेख्दै थापाले आफू हार्नुमा निर्मल निवासको ‘नांगो हस्तक्षेप’ भएको लेखेका हुन्। थापा राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन्। लिङदेनले १८ सय १७ मत ल्याउँदा थापाले भने १६ सय १७ मत मात्र ल्याएका निर्वाचन समितिले जनाएको छ।

अध्यक्षमा हार बेहोरेसँगै उनले राहत र उन्मुक्ति पाइएको समेत त्यहाँ लेखेका छन्। राजतन्त्र पुनर्स्थापनामा लागि र हिन्दूराष्ट्र माग गर्दै राजनीति गर्ने यो दल मूलभूत रूपमा राजतन्त्र पुनर्स्थापनामा केन्द्रित थियो।

खासगरी २०६३ सालमा जनआन्दोलनको दबाबमा परी राजा ज्ञानेन्द्रले सत्ताको साँचो दलहरूलाई बुझाएपछि राप्रपा प्रजातन्त्र र हिन्दू राष्ट्रको नाममा राजतन्त्र फर्काउन‍े उद्देश्यमा केन्द्रित थियो।

थापाले आज पनि पराजयपछि फेसबुक स्टाटसमा २०६३ सालदेखि ‘राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’ लेखेका छन्। साथै ‘सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’ भनी उनले लेखेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved