राप्रपा महाधिवेशनः थापालाई १ सय १ मतले पछि पारे लिङ्देनले

नेपालभ्युज

राप्रपा महाधिवेशनः थापालाई १ सय १ मतले पछि पारे लिङ्देनले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र नेपाल (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ।

पछिल्लो मतपरिणामअनुसार वर्तमान अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देनलाई पछ्याइरहेका छन्। अध्यक्षका उम्मेदवार कमल थापाले १०२० मत ल्याउँदा लिङ्देनले ११२१ मत पाएका छन्। १ सय १ मतले लिङ्देन अगाडि छन्।

यस्तै २६० मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ। राप्रपाको शनिबार अबेर रातिसम्म सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ७३ जनाले मतदान गरेका थिए।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved