संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ – डा. भट्टराई

त्तासाझेदार दलका नेता समेत रहेका उनले संविधान संशोधन गर्न एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरे।

नेपालभ्युज

काठमाडौं। जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सत्तासाझेदार दलका नेता समेत रहेका उनले संविधान संशोधन गर्न एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरे।

अध्यक्ष भट्टराईले संविधान संशोधन गर्नुपर्छ भन्ने कुरालाई आफ्नो पार्टीले संसदमा कुरा उठाइराखेको पनि दोहोर्याए। मन्त्रीपरिषद्मा पनि सरकारमा सहभागी मन्त्रीमार्फत सो प्रस्ताव पेस गर्न लगाउने आश्वासन समेत दिए । ‘‘सरकारमा पनि भएको बेलामा संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा हामी कुरा राख्छाैँ। शक्ति नभईकन सत्ता, न्याय र अधिकार प्राप्त हुँदैन। त्यसो गर्नका निम्ति अव हामीले चाहिँ एक ढिक्का भएर अगाडि बढौँ। त्यसका निम्ति जनता समाजवादी पार्टी प्रतिबद्ध’’ उनले भने।

अध्यक्ष भट्टराईले फेरी पनि संघर्ष नगरीकन न्याय र अधिकार प्राप्त गर्न नसकिने तर्क समेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved