सूर्यमा ग्रहण लागिसक्यो, काम लाग्दैन – माधव नेपाल

उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

नेपालभ्युज

सूर्यमा ग्रहण लागिसक्यो, काम लाग्दैन – माधव नेपाल
फाइल तस्बिर।

अर्घाखाँची। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन्। उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

नेकपा (एस) अर्घाखाँचीले शनिबार सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘‘अब राष्ट्रिय सभा चुनाव हुँदैछ, त्यहाँ गठबन्धनकै साझा उम्मेदवार बनाउँछौँ, चुनावमा ५ दलीय गठबन्धनले साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने सल्लाह गरेका छौँ। चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ ।’’

उनले अर्घाखाँचीमा उपचुनाव गर्ने कि एक वर्षपछि एकै पटक चुनाव गर्नेबारे छलफल भइरहेको बताए। अर्घाखाँचीमा एमाले उम्मेदवारलाई हराउन गठबन्धनको साझा उम्मेदवार बनाउन कुरा मिलिसकेको नेपालले दाबी गरे। संविधान कुल्चिएर प्रतिगामी दक्षिणपन्थी बाटोतिर लाग्ने ओली एमालेको भविष्य अब नरहने उनको भनाइ थियो ।

केपी ओलीले चितवनमा कुम्भ मेला गरेर तमासा देखाएर जनताको बहुदलीय जनवादको माला जपेर जबजलाई नारायणी नदीमा विसर्जन गरेर काठमाडौँ फर्केको आरोप नेपालले लगाए । आफूसहित अन्य पदमा उम्मेदवारी दिनेलाई मत नदिन भन्न लगाएर हरिबिजोग गराएको उनको टिप्पणी थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved