बाह्रबिसे ब्याडमिन्टन कपको उपाधि रत्न र रशिलालाई

नेपालभ्युज

बाह्रबिसे ब्याडमिन्टन कपको उपाधि रत्न र रशिलालाई

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रव्यापि ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधि सेनाका रत्नजित तामाङले जितेका छन्। प्रतियोगितामा रत्नले सेनाकै नविन श्रेष्ठ माथि २१-१८, २१-१९ को जित निकाल्दै उपाधि उचालेका हुन्। रत्नले उपाधिका साथै नगद १ लाख २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे। दोश्रो भएका नविनले नगद ६५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे।

मंसिर १५ देखि सुरु भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाकी रशिला महर्जनले सेनाकै अमिता गिरीमाथि को जित निकाल्दै उपाधि कब्जा गरिन्। उनले उपाधि हात पार्ने क्रममा गिरीमाथि २१-१६, २१-१६ को समान अन्तरले पराजित गरिन्। रशिलाले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र तथा गिरीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरिन्।

उच्च २० वरीयतादेखि बाहेकका पुरुष युगल तर्फको खेलमा कास्कीका विधान अधिकारी र विशाल खड्काले उपाधि जिते। अधिकारी र खड्काको जोडीले सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई २१-१६, २१-१७ ले पराजित गर्दै उपाधि उचालेका हुन्। पुरुष युगल तर्फ बिजयी र उपबिजयी खेलाडीहरुले नगद १ लाख र ५० हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved