धनुषामा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

राउतले खेलाडी राष्ट्रको गहना भएकोले उनीहरूको संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी राज्यको भएको हुँदा आफू स्थानीय सरकार प्रमुखको हैसियतले थोरै भए पनि प्रयास गरेको बताए।

नेपालभ्युज

धनुषामा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

धनुषा। धनुषाको बटेश्वर गाउँपालिकामा राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको आयोजना हुन लागेको छ। बटेश्वर गाउँपालिका अध्यक्ष कप “राष्ट्रिय महिला कबड्डी प्रतियोगिता २०७८” को आयोजना हुने गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले जनाएको छ।

अध्यक्ष राउतले भने खेलकुदले ठाउँको पहिचान गराउनुका साथै देशको नामसमेत प्रख्यात गराउन सहयोग पुर्‍याउने भएको हुँदा यस्ता किसिमको प्रतियोगिताहरूमा गाउँ पालिकाले संयोजन गरेको हो।

राउतले खेलाडी राष्ट्रको गहना भएकोले उनीहरूको संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी राज्यको भएको हुँदा आफू स्थानीय सरकार प्रमुखको हैसियतले थोरै भए पनि प्रयास गरेको बताए।

गाउँपालिकाको संयोजनमा शिव शक्ति युवा क्लव बटेश्वरले आयोजना गर्न लागेको यस प्रतियोगितामा मुलुकको सातवटै प्रदेशको टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको प्रचार प्रसार समितिको संयोजक मदन विकले जनाएअनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५०५, द्वितीय हुनेलाई ५० हजार ५०५ र तृतीयलाई २५ हजार ५०५ पुरस्कारको व्यवस्था रहेको छ।

यहि २३ गते देखि २५ मंसिरसम्म संचालन हुने तथा प्रतियोगिता अवधिभर बेस्ट रेडर, बेस्ट डिफेन्डरको साथै सधैं प्रतियोगितामा एक–एक जनालाई म्यान अफ द म्याच प्रदान गरिने आयोजक क्लबका जीवन भुजेलले जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved