राप्रपामा महाधिवेशनमा मतदान जारी

नेपालभ्युज

राप्रपामा महाधिवेशनमा मतदान जारी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा नयाँ कार्यसमिति चयनका लागि अहिले मतदान भइरहेको छ। १२ बजेदेखि सुरु भएको मतदान साँझ पाँच बजेसम्म चल्ने कार्यतालिका छ।

राप्रपाको अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेद्वारी दिएका छन्। उनीहरुले नै सुरुमा मत खसाले, त्यसपछि अन्य प्रतिनिधिहरुले मतदान गरिरहेका छन्।

राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिने छन् । यसमध्ये, १४१ केन्द्रीय सदस्य तथा ८ जना पदाधिकारी प्रत्यक्ष चुनिनेछन्। केन्द्रीय सदस्यका लागि २ सय ६४ जना र आठ पदाधिकारीका लागि १६ जनाले उम्मेदवारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved