भारतमा पनि देखियो ‘ओमिक्रोन’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ओमिक्रोन कोरोना धेरै संक्रामक रहेको बताएको छ। यद्यपि, भारतका स्वास्थ्य मन्त्रालयकाले गरेको एक पत्रकार सम्मेलनमा दुवै व्यक्तिमा आमिक्रोनको मध्यम स्तरको संक्रमण रहेको बताएका थिए।

नेपालभ्युज

भारतमा पनि देखियो ‘ओमिक्रोन’

एजेन्सी। दक्षिण भारतमा दुई व्यक्तिलाई ओमिक्रोन कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। दक्षिण भारतको कर्नाटक राज्यका दुई व्यक्तिमा ओमिक्रोन कोरोना संक्रमण भएको हो।

दुई व्यक्तिमध्य एक जना ६६ वर्षीय दक्षिण अफ्रिकी व्यक्ति थिए, उनले हाल भारत छाडिसकेको बताइएको छ। यस्तै, अर्का बेलुंर बस्ने ४६ वर्षीय डाक्टर हुन्। उनले हालैको दिनमा कतै यात्रा नगरेको जनाइएको छ। यद्यपि, उनमा यो नयाँ प्रजातिको कोरोना संक्रमण भएको छ।

यी दुई व्यक्तिमा देखिएको ओमिक्रोन कोरोना संक्रमण भारतमा देखिएको यो प्रजातिको कोरोनाको पहिलो संक्रमण हो।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ओमिक्रोन कोरोना धेरै संक्रामक रहेको बताएको छ। यद्यपि, भारतका स्वास्थ्य मन्त्रालयकाले गरेको एक पत्रकार सम्मेलनमा दुवै व्यक्तिमा आमिक्रोनको मध्यम स्तरको संक्रमण रहेको बताएका थिए।

भारतमा ओमिक्रोन कोरोना संक्रमणको पुष्टि भएका व्यक्तिहरुको सम्पर्कमा आएका सबै व्यक्तिको पहिचान हुनुका साथै उनीहरुको परीक्षण हुँदैछ।

अहिलेसम्म प्राप्त विवरण अनुसार ४६ वर्षीय डाक्टरको सम्पर्कमा आएका पाँच व्यक्तिलाई यो प्रजातिको कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमण पुष्टि भएका व्यक्तिहरुको थप विवरण संकलन गर्ने कार्य भएको र उनीहरुलाई आइशाेलेसनमा राख्ने काम भइरहेको छ।

डब्ल्यूएचओले नयाँ प्रजातिको कारोना भाइरस कडा रहेको चेतानवी दिँदै गर्दा भाइरसका विषयमा अनुसन्धान पनि भएको छ। हालै प्रकाशित एक अनुसन्धानका अनुसार कोभिड–१९ संक्रमण गराउने भाइरसले अर्को भाइरसको आनुवंशिक उत्परिर्वतन मार्फत ओमिक्रोन भाइरसलाई जन्म दिएको पाइएको छ। रुघा लगाउने भाइरसको आनुवंशिकबाट यो भाइरस सर्ने सम्भावना रहेको देखिन्छ।

यो आनुवंशिक उत्परिवर्तन नयाँ प्रजातिको कोभिड संक्रमण भएको शुरुवाती समयमा पत्ता लाग्दैन। शुरुवाती समयमा पत्ता नलाग्ने यो भाइरसले मानिसको प्रति रक्षा प्रणालीमा हमला गर्ने अनुसन्धानले देखाएको छ।

यसले अर्को के देखाउँछ भने मध्यम स्तरको संकेत देखापर्दा मात्रै पनि भाइरस संक्रमण हुने सम्भावना हुन्छ। यसअघि देखिएको डेल्टा प्रजातिको कोभिडभन्दा यो खतरापूर्ण छ वा छैन भन्ने प्रश्नको जवाफ प्राप्त गर्न अझै केही समय लाग्ने अनुसन्धान बताउँछ।

शुरुवाती अध्ययनले ओमिक्रोन प्रजातिको भाइरसले फोक्सो र पाचन प्रणालीको कोशिकालाई बन्द गर्छ। कोशिका बन्द भएपछि उत्पन्न हुने भाइरस र ओमिक्रोन भाइरस मिलेर अन्य भाइरसको उत्पति गराउँछ।

ओमिक्रोन भाइरसको आनुवंशिक कसरी उत्पति भयो भन्ने विषयमा थप अध्ययन गर्नुपर्ने अनुसन्धानको दाबी छ।

ओमिक्रोन भाइरसको उत्पतिको विषयमा थप अनुसन्धान गर्नुपर्ने बताउँदै गर्दा अष्ट्रेलियामा यो प्रजातिको भाइरस तीव्र रुपमा फैलिएको छ। सिड्नीमा मात्रै हालसम्म १३ जनामा यस ओमिक्रोन भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ। भने, क्विनस्ल्याण्डमा राज्यमा पनि संक्रमण भएको खबर आएको छ।

डब्ल्यूएचओले ओमिक्रोन प्रजातिको कोभिड यसअघिका भन्दा संक्रामक रहेको बताउँदै गर्दा अष्ट्रेलिया सरकारले भने आफ्नो अर्थतन्त्रलाई खोल्ने योजना बनाउँदै छ। यो प्रजातिको भाइरसको प्रभाव मध्यम स्तरको हुने अपेक्षामा त्यहाँको अर्थतन्त्रलाई खोल्ने योजनामा सरकार रहेको हो। सवधानीका उपाय अपनाउँदै त्यहाँको सरकारले अर्थतन्त्रलाई शुचारु बनाउने योजना सार्वजनिक गरेको हो। यसका लागि सीमा क्षेत्रमा कडाइ गर्ने अष्ट्रेलियाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved