उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज पनि वर्षा र हिमपात

महाशाखाका अनुसार आज दिनभर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

नेपालभ्युज

उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज पनि वर्षा र हिमपात

काठमाडौं। अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिनभर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज राति प्रदेश १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। महाशाखाका अनुसार प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, २० मंसिर सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली, प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना छ। साथै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved