कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

नेपालभ्युज

कञ्चनपुर। कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ पिपरैयाका द्रोपती राना, रतना कुमारी राना र रानी रानाको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइतेहरूको कैलालीको धनगढीमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved