चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताएका छन्। उनले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताए।
“यो तपाईंहरुले थाहा पाइराखेकै कुरा हो नि ! संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ। त्यो बिर्सेका छैनौँ। अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छाैँ”, उनले थपे, “हामीले सहयोग हिजो पनि गरिहाल्यौँ नि ! गठबन्धनको बैठक बसेर प्रधानन्यायाधीश अस्पतालमा बसेको समयमा कम्तीमा पनि बिदा बसेर कार्यवाहक तोक्नु राम्रो हुन्छ भनेर भनियो। त्यो पनि सहयोग नै गरेको हो।”
उनले भर्खरै डिस्चार्थ भएर आएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बसेर सत्ताधारी दलले सल्लाह गर्ने बताए।
Facebook Comment
Comment