मार्टिन अजयीको ह्याट्रिकमा सातदोबाटो शीर्ष स्थानमा

नेपालभ्युज

मार्टिन अजयीको ह्याट्रिकमा सातदोबाटो शीर्ष स्थानमा

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत एपिएफ क्लबलाई ४–१ ले हराउँदै सातदोबाटो युथ क्लब शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोबाट पहिलो हाफमा मार्टिन अजयीले दुई गोल गरेका थिए। दोस्रो हाफमा एक गोल थप्दै उनले ह्याट्रिक गरे।
त्यस्तै, सुशिल राईले थप एक गोल गरे। एपीएफबाट विकी तामाङले एकमात्रै गोल गरे।
जीतसँगै सातदोबाटोले लिगमा ३ खेलबाट ७ अंक बटुल्यो। दोस्रो स्थानको मनाङ मस्र्याङ्दीले २ खेलबाट ६ अंक बटुलेको छ।
सातदोबाटोले जारी लिगमा हासिल गरेको यो लगातार दोस्रो जीत हो । यसअघि पहिलो खेलमा फ्रेन्डस्सँग बराबरी खेलको सातदोबाटोले आफ्नो दोस्रो खेलमा थ्रिस्टारलाई हराएको थियो।
यता, एपिएफ लगातार तेस्रो खेलमा पराजित भयो। पहिलो खेलमा ब्रिगेड ब्वाईज र दोस्रो खेलमा च्यासलसँग एपिएफ पराजित भएको थियो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved