कांग्रेस प्रदेश अधिवेशन – सुदूरपश्चिम सभापतिमा बलायर र मिश्र उम्मेदवार

नेपालभ्युज

कांग्रेस प्रदेश अधिवेशन – सुदूरपश्चिम सभापतिमा बलायर र मिश्र उम्मेदवार

धनगढी। नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति चयनकालागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा होमिने भएका छन्।

सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी छ।

संस्थापन समूहका नेताहरूको छलफलपछि बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन्। नेताहरु सबैको जोड सभापति लड्नुपर्छ भन्ने भएपछि आफू सभापतिको उम्मेदवार बनेको बलायरले बताए।

सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच बिहीबारदेखि नै छलफल भइरहेको थियो। तर भागभण्डामा कुरा नमिलेको भन्दै संस्थापन इतर पक्षले उम्मेदवारको सूची सार्वजनिक गरेपछि देउवा पक्ष पनि चुनावमा होमिएको हो।

संस्थापन अर्थात् देउवा पक्षबाट नरनारायण शाह, गोविन्द बोहरा, गोविन्दबहादुर शाह, अर्जुनजंगबहादुर सिंह, हिमबहादुर रावल र पुष्प शाहीले सभापतिमा दाबी गरेका थिए।

संस्थापन इतर पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट उम्मेदवार छनोट गरिएको सभापतिका उम्मेदवार छनौट गरिएको छ।

यस्तै संस्थापन पक्षबाट उपसभापतिमा बझाङका पृथ्वीबहादुर सिंह रहेका छन् भन्ने अन्य उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved