श्रीमानसँग झगडा हुँदा छोरालाई विषादी खुवाई हत्या गर्ने आमा पक्राउ

धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हत्या आरोपमा सौतेनी आमालाई पक्राउ गरी सार्वजनिक गरिएको छ।

नेपालभ्युज

श्रीमानसँग झगडा हुँदा छोरालाई विषादी खुवाई हत्या गर्ने आमा पक्राउ

धनगढी। धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हत्या आरोपमा सौतेनी आमालाई पक्राउ गरी सार्वजनिक गरिएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान थापामगरको हत्या आरोपमा प्रहरीले उनकी सौतेनी आमा माघी रोकायालाई पक्राउ गरेको हो।

सौतेनी आमा माघी रोकायालाई भारतको हरियाणाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। निशान सौतेनी आमा रोकायासँगै शिखर टोलमा रोहिणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए।

उनी मंसिर २ गते कोठाभित्रै मृत फेला परेका थिए भने रोकाया सोही दिनदेखि फरार थिइन्। उनलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए। उनले भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरिएको बताए।

मुतक निशान थापामगरका बुवाबहादुर रोकाय लामो समय भारतमै काम गर्दै आएको र उनले उतै निर्मला थापामगरसँग विवाह गरी उनैबाट जन्मिएका निशान थापामगरको हत्या सौतेनी आमाले गरेको प्रहरीले जनाएको छ। श्रीमानसँग फोनमा वादविवाद र झगडा भएको रिसले दुधमा मुसा मार्ने औषधी मिसाई हत्या गरेको प्रहरीले जनाएको छ।

रोकायाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved