सबै न्यायाधीश फेल भए : वरिष्ठ अधिवक्ता कार्की

नेपालभ्युज

सबै न्यायाधीश फेल भए : वरिष्ठ अधिवक्ता कार्की

काठमाडौं। वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले सर्वोच्च अदालका सबै न्यायाधीश फेल भएको बताएका छन्। सर्वोच्च अदालत बार एशोसिएशनले आज गरेको छलफल कार्यक्रममा बोल्दै उनले जबराले अस्पतालबाट पेशी तोकेकाले उनलाई महाअभियोग लगाउन सक्ने बताए।

प्रधानन्यायाधीश जबरा बिरामी भएपछि उनको सचिवालयले जानकारी नै नदिएकोमा उनले आपत्ति जनाए। सर्वोच्चको रजिष्टारले जानकारी दिनुपर्ने भए पनि नदिनु गलत भएको उनको भनाइ थियो।

जबरा बिरामी भएपछि कायमुकायमको जिम्मेवारी लिनुपर्ने भए पनि वरिष्ठ न्यायाधीशले उक्त जिम्मेवारी नलिएको भन्दै उनले सबै न्यायाधीश फेल भएको बताए।

संसद् र सरकारले न्यायालयमा विचलन हुँदा पनि केही गर्न नसकेको बताउँदै उनले बदमासी गर्नेलाई तुरुन्त कारवाही गर्न अपिल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved