तामेकोट दरबार निर्माणका लागि महोत्सव हुँदै

भयकोट, चन्द्रकोट र पैयुकोट तीन भुरे राज्यले संयुक्त हमला गरेर तामेकोट राज्य नियन्त्रणमा लिएको कथा स्थानीयमाझ प्रचलित छ।

नेपाल भ्यूज

तामेकोट दरबार निर्माणका लागि महोत्सव हुँदै

काठमाडौं। स्याङ्जाको स्यालबासस्थित ऐतिहासिक दरबार निर्माणका लागि सांस्कृतिक महोत्सव हुने भएको छ। हात्तीस्थान फाउन्डेसन समिटले १५, १६ र १७ पुसमा स्याङ्जा गल्याङकोटदेखि १३ किमि उत्तरमा रहेको स्यालबासस्थित उक्त दरबार निर्माणका लागि हात्तीस्थान–तामेकोट समिट महोत्सव आयोजना गर्न लागेको हो।

करीब साढे सात सय वर्ष पहिले उक्त स्थानमा १४ कोठाको तीन तले तामेकोट दरबार रहेको ईतिहास रहेको बताइन्छ। अझैं पनि दरबार र ऐतिहासिक ढुङ्गाका अवशेष रहेको उक्त ठाउँमा आलम नामका राजा रहेको र राजा बाह्य सम्बन्धका कारण राज्यप्रति बेफिक्री भएपछि रानी बेगमले उनलाई नजरबन्द गरेर सेनापति अर्थमसँग मिलेर राज्य संचालन गरेको कथन रहेको फाउन्डेसनका अध्यक्ष शिवशंकर बस्यालले बताए। पछि भयकोट, चन्द्रकोट र पैयुकोट तीन भुरे राज्यले संयुक्त हमला गरेर तामेकोट राज्य नियन्त्रणमा लिएको कथा स्थानीयमाझ प्रचलित छ।

उक्त ऐतिहासिक दरबार पुनर्निर्माणका लागि फाउन्डेसनको पहलमा महोत्सव गर्न लागिएको जानकारी बस्यालले दिए। करीब १० करोड रुपैयाँ निर्माण लागत अनुमान गरिएको उक्त दरबार पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकार र स्थानीय तहले सहयोग प्रतिवद्धता गरेकोमा केन्द्र सरकारसँग पनि पहल भइरहेको फाउन्डेसनले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved