बालुवाटार फर्किए प्रधानन्यायाधीश जबरा

बलम्बु अस्पतालबाट डिस्चार्ज भएलगत्तै जबरा बालुवाटारस्थित सरकारी निवासमा फर्किएका छन्। उनी अब बालुवाटार निवासमै आइसोलेसनमा बस्नेछन्।

नेपालभ्युज

बालुवाटार फर्किए प्रधानन्यायाधीश जबरा

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज भएका छन्। कोरोना संक्रमणपछि सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा उपचाररत जबरा शुक्रबार बिहान डिस्चार्ज भएका हुन्।

बलम्बु अस्पतालबाट डिस्चार्ज भएलगत्तै जबरा बालुवाटारस्थित सरकारी निवासमा फर्किएका छन्। उनी अब बालुवाटार निवासमै आइसोलेसनमा बस्नेछन्।

जबराले सरकारी निवासबाटै सचिवालय चलाउने तयारी गरेका छन्। अदालतका कारबारबाही उनले सरकारी निवासबाटै गर्न लागेका हुन्।

बिरामी भएसँग बिदामा बस्न सत्तागठबन्धनले दिएको सुझाव र कायममुकायम तोक्न नेपाल बारले गरेको माग अस्वीकार गर्दै जबराले निवासबाटै काम गर्ने तयारी गरेका हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved