मुख्य प्रशिक्षकका लागि क्यानले लियो पाँच जनाको अन्तर्वार्ता

नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक छनोटका लागि गठन गरेको समितिले मुख्य प्रशिक्षकका लागि आवेदन दिएर अन्तिम सूचीमा रहेका पाँच जनाको अन्तर्वार्ता लिएको हो।

नेपालभ्युज

मुख्य प्रशिक्षकका लागि क्यानले लियो पाँच जनाको अन्तर्वार्ता

काठमाडौं। प्रशिक्षक छनोट समितिले नेपाली राष्टि¥य क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदका लागि पाँच जनाको अन्तर्वार्ता लिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक छनोटका लागि गठन गरेको समितिले मुख्य प्रशिक्षकका लागि आवेदन दिएर अन्तिम सूचीमा रहेका पाँच जनाको अन्तर्वार्ता लिएको हो।

नेपाली टोलीको मुख्य प्रशिक्षक बन्नका लागि कुल ६० जनाले आवेदन दिएका क्यानले जनाएको छ। जसमध्ये १५ जनलाई पहिलो चरणमा छानेको क्यानको छनोट समितिले पाँच जनाको अन्तर्वार्ता लिएको हो।

ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएसँगै क्यानले गत १ कात्तिकमा मुख्य प्रशिक्षक मागेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved