अछाममा बस दुर्घटना : २ जनाको मृत्यु, ​२६ घाइते

नेपालभ्युज

अछाममा बस दुर्घटना : २ जनाको मृत्यु, ​२६ घाइते
फाइल तश्वीर

कैलाली। अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम मंगलसैनबाट धनगढीका लागी छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाशखोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा अछामको मंगलसैन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापा रहेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए।

बस सडकभन्दा १० मिटर तल खसेको प्रहरीले जनाएको छ। बसमा सवार अन्य २६ जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ। घाइतेको स्थानीय अस्पतलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved