एमाले महाधिवेशनः मतदाताको हातमा भोट नहाल्ने नामको सूची

मतदानस्थल बाहिर भने अनौठो दृश्य देखिएको छ। चुनावी प्रक्रियामा भोट हाल्नुपर्ने व्यक्तिहरुको नामावली मतदाताहरुलाई दिने चलन भए पनि सौराहमा भने भोट हाल्नु नपर्ने व्यक्तिहरुको नामावली बाँडिएको छ।

नेपाल भ्यूज

एमाले महाधिवेशनः मतदाताको हातमा भोट नहाल्ने नामको सूची

चितवन। नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गत अहिले चितवनको सौराहमा नेतृत्व चयनका लागि मतदान भइरहेको छ। अध्यक्षसहितका पदमा तोकिएको संख्याभन्दा बढी उम्म्मेदवारी परेपछि मतदान गरिएको हो।

मतदानस्थल बाहिर भने अनौठो दृश्य देखिएको छ। चुनावी प्रक्रियामा भोट हाल्नुपर्ने व्यक्तिहरुको नामावली मतदाताहरुलाई दिने चलन भए पनि सौराहमा भने भोट हाल्नु नपर्ने व्यक्तिहरुको नामावली बाँडिएको छ।

बन्दसत्रमा केपी शर्मा ओलीले प्रस्ताव गरेका नामहरु बाहेकका उम्मेदवारलाई भोट नहाल्न भन्दै मतदातालाई ‘बागी’ उम्मेदवारहरुको नाम सूची बाँडिएको हो। उक्त सूचीमा अध्यक्षमा ओलीविरुद्ध उठेका भीम रावललाई भोट नहाल्न भनिएको छ।

यस्तै, उपाध्यक्षमा घनश्याम भुसाललाई तथा सचिवमा भीम आचार्य र टंक कार्कीलाई भोट नदिन भनिएको छ। ओलीले प्रस्ताव गरेका पदाधिकारीलाई भने सदस्य पदमा भोट नदिन भनिएकाे छ।

हेर्नुहोस् सूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved