एमाले महाधिवेशनमा निर्वाचनको सूचना तर प्रतिनिधिलाई नै थाहा छैन

नेपालभ्युज

एमाले महाधिवेशनमा निर्वाचनको सूचना तर प्रतिनिधिलाई नै थाहा छैन

काठमाडौं। नेकपा (एमाले) को जारी १०औं महाधिवेशनको पदाधिकारी र केन्द्रीय सदस्यका लागि निर्वाचन आयोगले निर्वाचन तालिका प्रकाशन गरेको भन्दै सूचनाका तस्वीरहरू प्राप्त भए पनि बन्द सत्रमा उपस्थित प्रतिनिधिले भने थाहै नभएको जनाएका छन्।

एमाले नेता घनश्याम भूसालले सूचनाबारे आफूलाई केही थाहा नभएको बताए।

बन्द सत्रमा उपस्थित प्रतिनिधि उषाकिरण तिम्सिनाले भनिन्, “खोइ कहाँ टाँसिएको छ सूचना ? यहाँ त कविता वाचन चलिरहेको छ। हामीलाई केही जानकारी नै छैन ।”

प्राप्त निर्वाचन आयोगका संयोजक विजय सुब्बाको हस्ताक्षरसहितको सूचनामा भने उम्मेदवारको दरखास्त फाराम वितरण १३ मंसीर राती ११:३० देखि १२:२० सम्म हुने उल्लेख छ भने मतदान १३ मंसीरको बिहान ९ बजेदेखि शुरू हुने उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved