रामोसको डेब्यु खेलमा पीएसजीको जित, असिस्टमा मेस्सीको ह्याट्रिक

नेपालभ्युज

रामोसको डेब्यु खेलमा पीएसजीको जित, असिस्टमा मेस्सीको ह्याट्रिक

काठमाडौं । रातो कार्ड खाएर १० खेलाडीमा समेटिएको सेन्ट इटिनेलाई ३-१ गोलअन्तरले हराउँदै पेरिस सेन्ट जर्मन(पीएसजी) ले शीर्ष स्थानमा आफ्नो बलियो उपस्थिति कायमै राखेको छ।

पीएसजीका लागि १५ औं खेलमा जित दिलाउन मार्किनोसले दुई गोल गरे। त्यस्तै एन्जेल डिमारियाले एक गोल थपे। खेलमा अग्रता भने २३ मिनेटमा गोल गर्दै सेन्ट इटिने बनाएको थियो। तर पहिलो हाफको अन्त्यतिर सेन्ट इटिनेका खेलाडी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पीएसजीले लगत्तै गोल गर्न सफल भयो। उसका लागि मार्किनोसले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे।

दश खेलाडीमा समेटिनु परेपछि दबाब झेलेको सेन्ट इटिनेले गोल गर्न सकेन। यस्तोमा डिमारियाले ७९ मिनेटमा क्लबका लागि दोस्रो गोल गरे।  इङ्ल्यान्डका २१ वर्षीय गोलकिपर इटिन ग्रीनले पीएसजीको प्रहारबाट क्लबला जोगाउन सक्दो प्रयास गरेका थिए।

सेन्ट इटनले पहिलो हाफको मध्यमा अचम्मको ओपनरको साथमा अग्रता बनाए पनि रातो कार्डका बाबजुद खेल गुमाउन पुग्यो। मेस्सीले असिस्टको ह्याट्रिक गर्दै खेल जिताए। र सर्जियो रामोसले पनि डेब्यु खेल जित दिलाउन सफल भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved