एमाले महाधिवेशन

अझै शुरु भएन बन्दसत्र, अध्यक्षमण्डलका ११ जनाको बैठक बस्दै

नेपालभ्युज

अझै शुरु भएन बन्दसत्र, अध्यक्षमण्डलका ११ जनाको बैठक बस्दै

चितवन । आज साँझ ७ बजे शुरु हुने भनिएको नेकपा (एमाले) महाधिवेशनको बन्दसत्र अझै शुरु हुन सकेको छैन।

यसै क्रममा अहिले बन्दसत्रको अध्यक्ष मण्डलको बैठक बसिरहेको छ। बैठकमा अध्यक्ष ओलीका साथै उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवालीसँगै महासचिवन ईश्वर पोखरेल र सुबास नेम्बाङ सहभागी छन्।

त्यस्तै बैठकमा रामबहादुर थापा ‘बादल’ गोमा देवकोटा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित लगायत ११ जना नेताहरू पनि सहभागी छन्।

नेतृत्व सर्वसम्मत गर्न र महाधिवेशन बन्दसत्र विवादरहित बनाउन उनीहरू बैठकमा बसिरहेका हुन्। जसका कारण पनि बन्दसत्र अझै शुरु हुन नसकेको हो। बैठकमा आज पेश गरिएको ३०१ सदस्यीय केन्द्रीय सदस्यबारे छलफल हुने जनाइएको छ। अध्यक्ष मण्डलको निर्णयले स्वीकृति दिएपछि बन्दसत्रमा यहाँबाट भएका निर्णय सुनाइने बताइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved