कैलालीमा तीन ओटा मोटरसाइकल आपसमा जुध्दा एकको मृत्यु, तीन गम्भीर घाइते

नेपालभ्युज

कैलालीमा तीन ओटा मोटरसाइकल आपसमा जुध्दा एकको मृत्यु, तीन गम्भीर घाइते

धनगढी । कैलालीमा दुई ओटा मोटरसाइकल र एउटा स्कुरट आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

नम्बर नखुलेको अनटेस्ट, से६प ६९० नम्बरको मोटरसाइकल र से६प ९२३५ नम्बरको स्कुटी घोडाघोडी नगरपालिका वडा नम्बर १ को बेलकोटा ठोक्किका हुन्।

मृत्यु हुनेमा वडा नम्बर १ का अन्दाजी २० वर्षीय रुद्र बोहरा रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै तीन जना गम्भीर घाइते हुने सोही ठाउँका अन्दाजी ३२ वर्षीय लक्ष्मीराम चौधरी, ३० वर्षीया सुमिता चौधरी र १८ वर्षीय सन्जु शाही रहेका प्रहरीले बताएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ। घाइतेहरूलाई कैलालीकै घोडाघोडी अस्पताल लगिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved