नयाँ भेरियन्टको जोखिमबारे निर्णयविहीन सीसीएमसी

नेपालभ्युज

नयाँ भेरियन्टको जोखिमबारे निर्णयविहीन सीसीएमसी

काठमाडौं। यूरोपेली र पूर्वीएशियाली देश अहिले कोराना भाइरसको नयाँ भेरियन्टका कारण सन्त्रस्त छ। ती देशहरूले एकपछि अर्को गरेर यात्रा प्रतिबन्ध लगाइरहेछन्। त्यस्तो प्रतिबन्ध नलगाउने देशले पनि भेरियन्ट देखापरेको देशबाट आउनेलाई क्वारेन्टाइन अनिवार्य गरेका छन्।

भेरियन्ट देखिएकामध्ये चिनियाँ शहर हङकङमा नेपालबाट आवतजावत जारी छ। तथापि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले कुनै निर्णय लिन सकेको छैन। आज बिहान सीसीएमसीको बैठक बसे पनि यसबारे छलफलमात्रै भएको प्रवक्ता सुनिता नेपालले बताइन्।

छलफलमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न निकायका विज्ञहरू सहभागी भएका थिए।

नयाँ भेरियन्टबाट हुनसक्ने जोखिमबारे छलफल भएको नेपालले बताइन्। त्यस क्रममा सम्बन्धित स्थानबाट हुने आवागमनमा कडाइ गर्ने विषय उठे पनि निर्णय भएको उनले जानकारी दिइन्।

भेरियन्ट पत्ता लागेको देश दक्षिण अफ्रिकाबाट आउनेलाई कडाइ गर्ने निर्णय भने ११ मंसीरमै गृह मन्त्रालयले गरेको छ। तर कडाइबारे पूर्ण विवरण आएको छैन। उनीहरूलाई क्वारेन्टाइनमा राख्नेबारे कुनै निर्णय नभएको नेपालले जनाइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved