काठमाडौं । सेभिल्लालाई आज राति ला लिगाको शीर्ष स्थानमा उक्लिने कठिन अवसर छ। आज राति सेभिल्लाले लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिडसँग प्रतिस्पर्धा गर्दै छ।
आज राति पौने एक बजे रियलको घरेलु मैदानमा हुने खेलमा सेभिल्लाले जित निकाल्न सके शीर्ष तथा बराबरी भएमा दोस्रो स्थान कब्जा गर्नेछ। गत सिजन चौथो स्थानमा लिग टुंग्याएको सेभिल्लाले यो पटक उत्कृष्ट प्रदर्शन गरिरहेको छ। १४ औं खेल खेल्न लागेको सेभिल्लाले जारी लिगमा मात्र एक हार बेहोरेको छ। त्यस्तै चार बराबरी गरेको छ। उसको २८ अंक छ।
यता रियल भने १३ खेलबाट ३० अंक बनाएर शीर्ष स्थानमा छ। आज राति हुने खेलमा उसले जित निकाल्न सके दोस्रो स्थानको रियल सोसिडाडसँग अंकदूरी बढाउनेछ। यो सिजन लयमा देखिएको रियलले पनि हालसम्म एक खेलमा मात्र हार बेहोरेको छ।
Facebook Comment
Comment