महोत्तरीका १२२ वडामा माओवादीको सर्वसम्मत नेतृत्व

नेपालभ्युज

महोत्तरीका १२२ वडामा माओवादीको सर्वसम्मत नेतृत्व

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) महोत्तरीको १ सय २२ वडा र एक पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ।

जिल्लाका १ सय ३८ वडामध्ये १ सय २२ वडामा नेतृत्व चयन भइसकेको र १६ वडामा अधिवेशन गर्न बाँकी रहेको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए।

अधिवेशन गर्न बाँकी रहेका वडाहरूको पार्टी सदस्यता विवाद टुंगो लगाएपछि आइतबारसम्म अधिवेशन गरिसक्ने गरी काम भइरहेको खड्काले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved