एमाले महाधिवेशन

बन्दसत्र शुरु हुन ढिलो भएपछि देउडा खेलेर समय बिताउँदै प्रतिनिधि

नयाँ नेतृत्वको लागि प्रक्रिया शुरु हुन समय लाग्ने भएपछि बन्दसत्रस्थल अगाडि प्रतिनिधिहरू देउडा गाउँदै नाचिरहेका छन्।

नेपालभ्युज

बन्दसत्र शुरु हुन ढिलो भएपछि देउडा खेलेर समय बिताउँदै प्रतिनिधि

चितवन। नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा आइतबारको बन्द सत्र १२ बजेपछि शुरु हुनेभएपछि प्रतिनिधिहरू देउडा खेलिरहेका छन्। नयाँ नेतृत्वको लागि प्रक्रिया शुरु हुन समय लाग्ने भएपछि बन्दसत्रस्थल अगाडि प्रतिनिधिहरू देउडा गाउँदै नाचिरहेका छन्।

देउडा गीत नेपालको सुदूर तथा मध्य क्षेत्रमा गाइन्छ। बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लाहरूमा मुख्य रूपमा अपनाइएका पाइन्छन्। ती जिल्लाबाट सहभागी प्रतिनिधिहरूले अहिले देउडा खेलिरहेका छन्।

हिजो बेलुकी अबेरसम्म बसेको बन्दसत्रले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिएको छ। यसका लागि ओली नाम चयन गर्न व्यस्त छन्। नेता विष्णु पौडेलको प्रस्तावमा सबैजसो प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका छन्। तर अध्यक्षका प्रत्याशी भीम रावल र उपाध्यक्षका आकाङ्क्षी घनश्याम भुसालले भने विरोध जनाएका छन्।

दुई नेताको विरोध रहे पनि हिजोको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार ओलीलाई दिएको छ। यसअनुसार आइतबार ओलीले नयाँ नेतृत्वको सहमतिको नामावली पेस गर्ने जनाइएको छ। तर ओलीको प्रस्तावमा कसैले असन्तुष्टि जनाए त्यो पदमा चुनाव हुने बताइन्छ।

१९ जना पदाधिकारीमध्ये १ अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष र ६ जना उपाध्यक्ष रहनेछन्। साथै १ जना महासचिव र ३  जना उपमहासचिव रहनेछन्। यस्तै ७ जना सचिव रहनेछन्। केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बन्नेछ। शुक्रवार चितवनमा शूरु एमालेको १० औँ महाधिवेशन आइतबार सक्ने कार्यतालिका छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved