कोरोनाको नयाँ भेरियन्ट – दक्षिण अफ्रिकामा देखिएपछि भारतमा उच्च सतर्कता

नेपालभ्युज

कोरोनाको नयाँ भेरियन्ट – दक्षिण अफ्रिकामा देखिएपछि भारतमा उच्च सतर्कता

काठमाडौं। दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यका सम्बन्धित अधिकारीको आपत्कालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन्।

त्यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभावित देशसँगको उडानमा प्रतिबन्ध लगाउन माग गरेका छन्।

दक्षिण अफ्रिकाबाट कर्नाटक आएका केही यात्रुमा कोरोना सङ्क्रमण देखिएको बताइएको छ । तर उनीहरु कुन प्रकारको भाइरसबाट सङ्क्रमित भएका हुन् भन्नेबारेमा खुलिसकेको छैन । भारतले हङकङ, बोत्सवाना इजरायललगायतका देशबाट आउने सबै यात्रीको स्वास्थ्य जाँच गर्न निर्देशन दिएको छ। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई विश्वव्यापी चिन्ताको विषय भनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved