इङ्ग्लिस प्रिमियर लिग : लिभरपुलले हरायो साउथह्याम्टनलाई

गएराति भएको खेलमा लिभरपुलले घरेलु मैदानमा साउथह्याम्टनलाई ४–० गोल अन्तरले हराएको हो।

नेपालभ्युज

इङ्ग्लिस प्रिमियर लिग : लिभरपुलले हरायो साउथह्याम्टनलाई

काठमाडौं। इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्टनलाई पराजित गरेको छ । गएराति भएको खेलमा लिभरपुलले घरेलु मैदानमा साउथह्याम्टनलाई ४–० गोल अन्तरले हराएको हो।
खेलको दोस्रो मिनेटमा नै जोटाको गोलबाट लिभरपुलले अग्रता लिएको थियो। ३२ औँ मिनेटमा जोटाले अर्को गोल गरे। त्यस्तै ३७ औँ मिनेटमा अलकान्ताराले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा ३–० को अग्रता बनायो ।

५२ औँ मिनेटमा भान डाइकले एक गोल थपे। यो जितसँगै लिभरपुल १३ खेलबाट २८ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ। शीर्षस्थानको चेल्सीको १२ खेलमा २९ अङ्क छ । साउथह्याम्टन १४ अङ्कसहित १४ औँ स्थानमा छ ।

त्यस्तै अर्को खेलमा उल्भ्स र नर्विच सिटीले गोलरहित बराबरी खेलेका छन्। एस्टन भिल्लाले क्रिष्टल प्यालेसलाई २–१ ले हराएको छ। गएराति नै भएको अर्को खेलमा ब्राइटन र लिड्सले गोलरहित बराबरी खेलेका छन्।

इङ्ग्लिस प्रिमियर लिगको अर्को खेलमा आर्सनलले न्युक्यासललाई २–० गोलले हराएको छ । घरेलु टोलीको जितमा बुकायो साका र गाब्रियल मार्टिनेलीले गोल गरे । साकाले खेलको ५६ औँ मिनेटमा र गाब्रियलले ६६ औँ मिनेटमा गोल गरे ।
जितपछि आर्सनल १३ खेलबाट २३ अङ्कसहित पाँचौँ स्थानमा छ । न्युक्यासल ६ अङ्कका साथ पुछारमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved