एमाले महाधिवेशन – निर्वाचन प्रक्रिया भोलि बिहानबाट

आइतबार बिहान ८ बजेबाट निर्वाचन सम्बन्धी प्रक्रिया शुरु हुने निर्वाचन आयोग प्रमुख डा. विजय सुब्बाले जानकारी दिए ।

नेपालभ्युज

एमाले महाधिवेशन – निर्वाचन प्रक्रिया भोलि बिहानबाट

चितवन। नेकपा एमालेको १० औँ महाधिवेशन अन्तरगत निर्वाचनसम्बन्धि सम्पूर्ण प्रक्रिया भोलि बिहानबाट शुरु हुने भएको छ। शनिबारको बन्द सत्र सकिएको छ। आइतबार बिहान ८ बजेबाट निर्वाचन सम्बन्धी प्रक्रिया शुरु हुने निर्वाचन आयोग प्रमुख डा. विजय सुब्बाले जानकारी दिए ।

शुक्रबार शुरु भएको महाधिवेशनको दोस्रो दिन शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकिएको थियो। तर उम्मेदवारी दर्ता हुन सकेन।

अब आइतबारको लागि कार्यतालिका सारिएको हो । अध्यक्ष ओली सर्वसम्मत आफू दोहोरिएर पदाधिकारी चुन्ने पक्षमा छन्। उपाध्यक्ष भीम रावल भने सही व्यवस्थापन नभएसम्म चुनावमै गएर जित हार स्विकार्न तयार रहेको बत्ताउँछन्। रावलले अध्यक्ष र उपमहासचिव घनश्याम भुसाल उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। यता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved