ओलीको भाषणकै बीच बाहिरिए विदेशी पाहुना

नेपालभ्युज

ओलीको भाषणकै बीच बाहिरिए विदेशी पाहुना

चितवन। नेकपा एमालेको १० औँ महाधिवेशनमा सहभागी हुन आएका विदेशी पाहुना बाहिरिएका छन्। नेकपा अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनकै बीच पाहुनाहरू बाहिरिए।

एक त सहमतिको प्रयासका लागि चलेको लामो छलफलपछि बन्दसत्र नै ढिलो गरी शुरु भएको थियो। अर्को लामो समयदेखि अध्यक्ष ओलीको भाषण चलिरहेपछि पाहुना बाहिरिएका हुन्।

महाधिवेशनमा आमन्त्रण गरेअनुसार बंगलादेश, भारत, श्रीलंका, टर्की, कम्बोडिया, म्यानमार, रसिया, चीन जर्मनी लगायत १५ मुलुकका पार्टी प्रतिनिधि नेपाल आएका थिए। चीनबाट चिनियाँ कम्युनिष्ट पार्टी र भारतबाट पाँच पार्टीका प्रतिनिधि बोलाइएकोमा पाकिस्तानबाट भने कुनै पनि प्रतिनिधि बोलाइएको थिएन।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved