एमाले महाधिवेशनः आज बन्दसत्र, सर्वसम्मत नेतृत्व चयन हुने

विधान महाधिवेशनले तय गरेको १५ सदस्यीय पदाधिकारीलाई बढाएर हिजोको बैठकले १९ सदस्यीय बनाएको छ। जसअनुसार अब एमालेमा सर्वसम्मत नयाँ नेतृत्व चयन हुने सचिव योगेश भट्टराईले बताए।

नेपाल भ्यूज

एमाले महाधिवेशनः आज बन्दसत्र, सर्वसम्मत नेतृत्व चयन हुने

काठमाडौं। नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ। चितवनको नारायणी नदी किनारमा हिजो शुक्रबार महाधिवेशन उद्घाटन गरेको एमालेको बन्दसत्र आज सौराहमा हुन लागेको हो।

हिजो राति बसेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारी संख्या टुंगो लगाएसँगै आजको बन्दसत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने एमालेले जनाएको छ।

यसअघि, विधान महाधिवेशनले तय गरेको १५ सदस्यीय पदाधिकारीलाई बढाएर हिजोको बैठकले १९ सदस्यीय बनाएको छ। जसअनुसार अब एमालेमा सर्वसम्मत नयाँ नेतृत्व चयन हुने सचिव योगेश भट्टराईले बताए।

अब एमालेको पदाधिकारी १९, स्थायी समिति सदस्य ४५, पोलिटब्यूरो ९९ र केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ। बैठकले केन्द्रीय सदस्यसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेको छ।

यसअघि, एमाले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि एमालेमा नेतृत्व चयनका लागि चुनाव हुने परिस्थिति बनेको थियो। उनले अझै उम्मेदवारी फिर्ता भने लिइसकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved