एमालेमा अब १९ जना पदाधिकारी, थपिए उपाध्यक्ष र उपमहासचिव

नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारी संख्या बढाएर सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने निर्णय गरेको छ।

नेपालभ्युज

एमालेमा अब १९ जना पदाधिकारी, थपिए उपाध्यक्ष र उपमहासचिव
फाइल तस्वीर

काठमाडौं। दशौँ महाधिवेशनमा होमिएको नेकपा एमालेले केन्द्रीय समितिमा पदाधिकारीको संख्या थप गरेको छ।

दशौँ महाधिवेशन उद्घाटन लगत्तै सौराहमा बसेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारी संख्या बढाएर सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने निर्णय गरेको छ।

बैठकले २ जना उपाध्यक्ष र २ जना उपमहासचिव थप गरेर पदाधिकारी संख्या १९ पुर्‍याएको हो। यससँगै अब एमालेमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, सात सचिव पदाधिकारी रहने छन्।

बैठकले पार्टीको स्थायी समितिमा ४५ जना राख्ने निर्णय गर्दै पोलिटब्यूरोलाई पनि ब्यूँताएको छ। अब एमालेकाे केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved