महाधिवेशनको उद्घाटन सत्रमा ओलीको सम्बोधन

‘आगामी तीनै तहको चुनावमा एमालेले बहुमत ल्याउँछ’

शुरुमा अंग्रेजीमा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले नेकपा एमालेले युगान्तकारी परिवर्तन ल्याएको दाबी गरे। आगामी चुनावमा एमाले सबैभन्दा ठूलो शक्ति भएर देखापर्ने उनले बताए।

नेपालभ्युज

‘आगामी तीनै तहको चुनावमा एमालेले बहुमत ल्याउँछ’

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी ओलीले आगामी तीनै तहको चुनावमा पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। पार्टीको दशौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रमममा चितवनमा ओलीले देशको सबैभन्दा ठूलो पार्टी भएको र देशको सबैभन्दा बढी जनताले मन पराएको पार्टी भएको बताए।

शुरुआतमा केही शब्द अंग्रेजीमा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले नेकपा एमालेले युगान्तकारी परिवर्तन ल्याएको दाबी गरे। आगामी चुनावमा एमाले सबैभन्दा ठूलो शक्ति भएर देखापर्ने उनले बताए।

“पार्टीको महाधिवेशन आयोजना गरिरहेका छौं। जसले राणा ढाल्ने र पञ्चायत फाल्ने आन्दोलन गरेको छ। देशलाई अन्धकार युगबाट ल्याएको छ। बलिदान दिएर देशलाई परिवर्तन गर्ने महान् आन्दोलन गर्ने पार्टीको महाधिवेशन भइरहेको छ,” ओलीले भने, “एमाले समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी हो। महान् समस्या समाधान गर्ने अभिभारा बोकेको पार्टीको महाधिवेशन भइरहेको छ।”

ओलीले सरकार बनेका र बनाउन नसकेका कुरामा नजाने भन्दै जनताका बीचमा जानुपर्ने तर्क राखे। “कुनै न कुनै बेला तीनै तहका चुनाव आउँदै छ। म कम्रेडहरूलाई भन्छु, अब चुनावको तयारीतर्फ हामी जाँदै छौं। जनमतबाट हामीले यो देशका लागि बहुमत ल्याउनुछ। देश बनाउन बहुमत ल्याउनुछ। लोकतन्त्र रक्षाका लागि हामीले बहुमत ल्याउनुछ। संविधानको गलत व्याख्यालाई सच्चाएर अघि बढ्न हामीले बहुमत ल्याउनु छ। दुनियाँका लागि हामीले साधनस्रोतसम्पन्न बनाउनुछ। सामाजिक सद्भावको पक्षमा छौं। राष्ट्रिय एकताको पक्षमा छौं। सबैलाई समान अधिकार उपलब्ध गराउने पक्षमा छौं।”

विकासका पूर्वाधारदेखि वातावरणीय सन्तुलनसम्म विश्वमा सहकार्य आवश्यक रहेको बताएका ओलीले विश्वमा भोकमरी अन्त्य गर्न सबैको साझा कर्तव्य भएको बताए। साथै उनले एमालेको परराष्ट्र नीति पनि यही भएको बताए।

नेपालको इतिहासमा सर्वाधिक जनसहभागितका साथ र उत्साहका साथ महाधिवेशन सम्पन्न भएको उनको जिकिर थियो। त्यस्तै उनले अब बन्द सत्र सौहार्द रूपमा देशलाई बाटो देखाउने गरी एकताबद्ध गराउने उनले बताए।

१३ गते पत्रकार सम्मेलन गरेर सफलताको विज्ञप्ति सुनाउने र महाधिवेशन अन्तिम रूपमा समाप्त गरिने उनले बताए।

“संविधान संशोधन हुन सक्छ, नेपाल विदेशी लगानी गर्ने हो”

लोकतन्त्र रक्षाका लागि आवश्यक ढंगले सुधार र परिमार्जन गर्दै जाने र नेपाली जनताका लागि आवश्यक पर्दा नेपालका विकासका लागि आवश्यक संशोधन हुन सक्ने ओलीले बताए।

हिंसात्मक बाटो रोजेकालाई हिंसाबाट छुटाइएककाले अब नेपालमा समूहगत हिंसा नभएको उनले बताए। महाधिवेशनमा विदेशी पाहुना बोलाएको हुँदा अध्यक्ष ओलीले उनीहरूलाई लक्षित गर्दै नेपालमा पृथकतावाद नभएको र लगानीको वातावरण भएको विश्वास दिलाए। वैदेशिक लगानी पनि नेपालमा गर्न सकिने र विदेशी लगानीकर्ता नेपालमा आउन सक्ने उनले बताए। अब राजनीतिक समस्या पनि मूल रूपमा टुंगिएको उनको भनाइ थियो।

संघीयताको व्यवस्था भएको र लोकतन्त्र स्थापित भइसकेको उनको भनाइ थियो। “अबको समस्या शान्तिपूर्ण वातावरणलाई कायम राखेर यसकै बाटोमा हिँड्ने आजको मुख्य आवश्यकता हो,” उनले भने।

जमिनमुनि तार बिछ्याउने काम गरिएकाले अन्तरिक्ष पनि आफूहरूको भएको उनले तर्क गरे। “अब अन्तरिक्षमा पनि हाम्रो स्थान छ। त्यहाँ पनि नेपालले आफ्नो अस्तित्व जनाइएको छ, समुद्रमा पनि नेपालको हक छ।” उनले नेपालमका नदीहरूमा स्टिमर चलेको उदाहरण दिएर जलमार्गका लागि भारतसँग सहमति भइसकेको बताए।

शेरबहादुर देउवालाई पनि काम गर्न गाह्रो भएको भन्दै आफ्ना खुट्टा तान्नेहरूले उनको खुट्टा समाएको ओलीले देवाको कटाक्ष गरे। उनले आउँदो चुनावपछि एमाले पहिलो पार्टी बन्ने दाबी गर्दै आफ्नो सरकारले गरेका अधुरा काम पनि अब गर्ने बाचा गरे। “अब एमालेको काम गराई हेरेर दैनिक मानिसहरू पार्टी प्रवेश गर्छन्,” उनले भने।

सूर्य देवताको प्रशंसा गर्दै मन्त्रसहित भाषण गरेका उनले देशभरका सबै जनता सूर्यअंकित झण्डामा आबद्ध हुनुपर्ने बताए। सूर्य झण्डा देशका लागि समर्पित भएको उनको भनाइ थियो। “हँसिया हथौडा अलि अलमल परिरहेको देख्छु, तर म आज यता जान चाहन्नँ।”

एमालेमा विभिन्न पार्टीबाट प्रवेशको लहर चलिरहेको भन्दै  धेरैजना देशका लागि समर्पित भइरहेका ओलीको भनाइ थियो। “अहिलेसम्म जनयुद्धका घाउहरू निको भएका छैनन्। प्रचण्डजीहरू अहिले पनि किन शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनु हुँदैन। १०/१० हजार रुपैयाँ बाँडेका छन्। हिजो सरकारले गर्न दिएन भनेर भाषण गर्नुहुन्थ्यो त उनीहरूलाई रोजगारी दिनुस्,” प्रचण्डलाई ओलीले चुनौती दिए।

महाधिवेशवनलगत्तै माओवादीहरूको पूर्वलडाकुहरूको व्यवस्थापन गरिने र तिनीहरू एमाले आउने उनले विश्वास दिलाए। तराई मधेशमा एमालेको विरोध भए पनि हुलाकी राजमार्ग एमालेले बनाएको र सुनकोशी मरिण डाइभर्सन पनि एमालले बनाएको उनले दाबी गरे।

महाधिवेशन सफल भइसकेको भन्दै उनले देशमा आफूले विकासको लहर चलाएको दाबी गरिरहे। तुइन, झोलुंगे पुल र कयौं पुल बनाइएको बताए। सुरुङ मार्ग बनाएर विकास गरेको भन्दै अब आइटीदेखि कृषिको क्षेत्रमा विज्ञान प्रविधिको विकास गर्ने बताए। साथै आफूले विकास गरेको देखेर पनि सरकारबाट हटाइएको पनि बताए।

उनले उद्घाटन सत्रका गरेको भाषणको सम्पादित अंश

संविधानको रक्षाका लागि, विकासको लहरका लागि एमालेको जरुरत छ। छोटो समयमा नेपाललाई समृद्ध देशको रुपमा उभ्याउनुपर्छ। शालिग्राम कि कालिगण्डकीमा पाइन्छ कि त राम जन्मेको ठाउँ अयोध्यामा।

साम्प्रदायिक फैलाएर जनतालाई विभाजन गर्नेको विपक्षमा छौं। हामी पारस्परिक सम्बन्धका पक्षमा छौं, सामाजिक न्याय र सिद्धान्तका पक्षमा छौं। हाम्रो नीति विरोधको होइन, राष्ट्रिय एकता समझदारीको हो। सार्वभौमिकता र स्वाधीनताको पक्षमा उभिएका छौं। नेकपा एमालेले आफ्नो स्वाधीनताको अभ्यास शुरुवात गरेको छ।

दुनियाँभर सार्वभौमिकता समानता चाहन्छौं। पारस्परिक सम्मानको आधारमा अन्तर्राष्ट्रिय सम्बन्धहरू चाहन्छौं। कसैसँग शत्रुता चाहेका छैनौं। हाम्रा छिमेकीहरूसँग कतिपय समस्या छलफल गर्न आवश्यक छ। लिम्पियाधुरा हाम्रो जमिन वार्तामार्फत लिनुपर्छ। जमिन फिर्ता नभए अझै पनि हेपिएको मिचिएको अनुभूति हुने छ।

आन्तरिक रुपमा लोकतान्त्रिक मूल्य मान्यता र लोकतन्त्रका मान्यतालाई सुदृढ गर्दै कार्यान्वयन गर्छौं। लोकतन्त्र भन्ने कुरा जनताको जीवनमा सकारात्मक परिवर्तन विकास, समानता, राष्ट्रियता, समृद्ध नेपाल सुखी नेपालका लागि।

सानातिना अन्तर्विरोधमा नअल्झिन र एकताबद्ध हुन सम्मपूर्ण कार्यकर्तालाई आग्रह गर्दछु। सबै भोलेन्टिएर र साथीहरूको सहयोग असाधारण छ।

हिंसा र विखण्डन नीति लिएका राजनीति दलहरूलाई शान्तिको वातारणमा ल्याएका छौं। देशमा राजनीतिक हिंसात्मक पृथकतावाद छैन। अब आन्तरिक रूपमा लगानीको वातावरण छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved