कैलाली कांग्रेसको अधिवेशन स्थगित, देउवा गुटबाट सभापति बनाउने चलखेल

नेपालभ्युज

कैलाली कांग्रेसको अधिवेशन स्थगित, देउवा गुटबाट सभापति बनाउने चलखेल

धनगढी। कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित हुने भएको छ। जिल्लामा निर्धारित समयभन्दा ढिलो गरी शूरु भएको वडादेखि क्षेत्रसम्मको अधिवेशन सकिए पनि शुक्रबार हुने भनिएको जिल्ल अधिवेशन स्थगित भएको हो।

आउँदो १६ गते हुन गइरहेको सुदूरपश्चिम प्रदेशको महाधिवेशन कैलालीमा हुने भएकाले त्यसैलाई लक्षित गर्दै स्थगित गर्नुपरेको कांग्रेस जिल्ला सदस्य तथा अधिवेशन प्रचारप्रसार विभाग प्रमुख नृप सुनारले जनाए।

‘’अध्यक्षका आकांक्षी धेरै छन्। पहिलो चरणमा निर्वाचित हुने छाँट नदेखिएको र दोस्रो चरणमा मतदान गर्दा त्यसले प्रदेश स्तरीय अधिवेशन तयारीमा असर पर्ने देखिएकाले स्थगित गर्नुपरेको छ,’सुनारले भने,’त्यसैले अहिले १० बजे बैठक बोलाएका छौ, त्यही घोषणा गर्छौ।’’

जिल्ला अधिवेशन सार्नुको पछाडि पार्टीभित्रको आन्तरिक राजनीतिक चलखेल र आफ्ना निकट व्यक्तिलाई पार्टी सभापति ल्याउने कसरतका कारण रहेको एक नेताले बताए। एक नेताले भने, ’’यहाँ अध्यक्षका सबै आकांक्षी भनेकै देउवा गुटका छन्। देउवा गुटका प्रकाश बमलाई सभापतिमा जिताउन नसक्ने र देउवाले दिएको अर्को सभापतिका क्यान्डिडेट नारायण भट्टलाई यहाँका लिडरहरूले मन नपराउनुले पनि अधिवेशन स्थगित गर्न खोजेका हुन्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved