ए डिभिजन लिग फुटबल अन्तर्गत दोस्रो चरणका खेलहरू आजदेखि

नेपालभ्युज

ए डिभिजन लिग फुटबल अन्तर्गत दोस्रो चरणका खेलहरू आजदेखि

काठमाडौं। सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत दोस्रो चरणका खेलहरू शुक्रबारदेखि शुरु हुँदैछन्। त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुक्रबार सातदोबाटो यूथ क्लब र थ्री स्टार क्लब दिउँसो १ बजे भिड्नेछन् । सङ्कटा र फ्रेन्ड्स क्लब बेलुका पौने ५ बजे खेल्दैछन्।

पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्सविरुद्ध गोलरहित बराबरी खेलेको थियो। थ्री स्टार भने लगातार दोस्रो जितको खोजीमा रहेको छ। शीर्ष स्थानको थ्री स्टारले पहिलो खेलमा च्यासल यूथ क्लबलाई ३–० ले हराएको थियो। यस्तै सङ्कटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved