काठमाडौं। आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज (शुक्रबार) मलेसियाविरुद्ध खेल्दै छ। दुबईको आइसिसी एकेडेमी ग्राउन्डमा बिहान सवा ११ बजे शूरु हुने खेलमा ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले मलेसियाविरुद्ध जित्नै पर्नेछ।
प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो। यस्तै आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई ९ विकेटले हराउँदै विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जीवितै राखेको छ।
नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। प्रतियोगिताको अन्तिम खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्नेछ । छनोटमा ६ टिम सहभागी छन्। छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन छन्।
Facebook Comment
Comment